एमसीसीबारे तथ्यमा आधारित आलोचनाको स्वागत गर्छौं : अमेरिका

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ८ : १२


काठमाडौं । नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी सहयोग परियोजना एमसीसीबारे तथ्यगत रुपमा हुने आन्दोलन तथा विरोध प्रदर्शनलाई स्वागत गर्ने बताएको छ।

पछिल्लो समय एमसीसीको विरुद्धमा प्रर्दशन हुन थालेपछि नेपालको गृहमन्त्रालयले त्यस्ता प्रदर्शन नगर्न आग्रह गरेको छ।

तर, अमेरिकी दूतावासले सामाजिक संजालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै शान्तिपूर्वक विचार राख्नु लोकतन्त्रको मर्म रहेको उल्लेख गरेको छ।

ट्विटमा दुतावासले भनेको छ ‘हामी तथ्यमा आधारित स्वतन्त्र अभिव्यक्ति र छलफलको दरोसंग सर्मथन गर्छौं, चाहे त्यो एमसीसीका बारेमा किन नहोस्। लोकतन्त्रमा आफ्नो विचार शान्तिपूर्ण ढंगले व्यक्त गर्ने अधिकार हुन्छ।’


प्रतिक्रिया दिनुहोस्