सत्तागठबन्धनकै विद्यार्थी संगठनले गृहमन्त्रीको पुत्ला जलाए

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ७ : ००


काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार गृहमन्त्री बालकृष्ण खाँणको पुतला जलाएको छ।

नयाँ बानेश्वरस्थित मीनभवन क्याम्पस अगाडि अनेरास्ववियूले गृहमन्त्रीख खाँणको पुतला जलाएको हो।

गृहमन्त्री खाँणको पुतला जलाउनुका अनेरास्ववियुले गृहमन्त्रालयले कुनै पनि मित्रराष्ट्रका प्रधानमन्त्रीविरुद्ध गतिविधि गर्न नपाइने भन्दै जारी गरेको विज्ञप्ति पनि जलाएको छ ।

यही १८ भदौमा भारतीय हस्तक्षेपविरुद्ध आरआर क्याम्पस अगाडि विद्यार्थीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाएपछि गृहमन्त्रायले छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीविरुद्ध गतिविधि नगर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो।

सोही विज्ञप्तिको विरोध गर्दै आज दिउँसो गृहमन्त्री खाँणको पुतला र विज्ञप्ति जलाइएको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्