१५ महिनामा यो सरकार खोजेर पनि कसैले भेट्न सक्दैन : ओली

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ६ : ३७


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको पक्षमा बोल्न नसक्ने वर्तमान सरकारलाई छिटो बिदा गर्नुपर्ने बताएका छन्।

आज युवा संघको भेलालाई सम्बोधन गर्दै ओलीले ुयो सरकार शाश्वत नभएको र बलजफ्ती थोपरिएको भर्‍याङमुनिको पाहुना सरकारु भन्दै यसलाई नेपाली जनताले सकेसम्म छिटो बिदा गर्नुपर्नेमा जोड दिए।

‘यो सरकार अवैध सम्बन्धहरूको परिणाम हो। यसलाई नेपाली जनताले सकेसम्म छिटो बिदा गर्नुपर्छ। छिटै बिदा गर्न सकिँदैन भने पनि हतारिनुपर्ने केही छैन। २०७९ को मंसिरमा चुनाव गराउनै पर्छ। अब १४ महिना रह्यो। १५ महिनामा यो सरकार खोजेर पनि कसैले भेट्न सक्दैन। तपाईंहरू सुत्नुभयो भने यस्ता सरकार बनिरहन्छन्। तपाईंहरू उठ्नुभयो भने यस्तो सरकार बिदा हुन्छ। देशभक्त, गरिवीविरुद्ध लड्ने सरकार बन्छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस्