कैंचीले काम नगरेपछि पाकिस्तानका मन्त्रीले यसरी दाँतले काटे रिबन (भिडिओ)

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ५ : २१


कुनै पनि भवन अथवा नयाँ व्यवसायको थालनी गर्दा त्यसलाई रिबन काटेर शुभारम्भ गर्ने अथवा उद्घाटन गर्ने चलन विश्वभर प्रचलित छ।

पाकिस्तानमा पनि उद्घाटन गर्न पुगेका एक मन्त्रीले रिबन त काटे तर सामान्य भन्दा बेग्लै ढंगले रिबन काटेका कारण यो घटना निकै चर्चित भयो। सार्वजनिक भएको भिडिओ भाइरल नै भएको छ।

भिडिओ

पाकिस्तानको पन्जाब प्रान्तका जेल मन्त्री फयाज अल हसन चोहानले वास्तवमा कैंचीले रिबन नकाटेपछि दाँतले नै रिबन काटेका हुन्। भिडिओमा देखिएअनुसार कैंची निकै सानो हुन्छ जसले रिबन काट्नै सक्दैन। जसका कारण उनले दाँतले नै रिब काटिदिएका हुन्।


प्रतिक्रिया दिनुहोस्