चीनका लागि जर्मन राजदूत हेकरको कार्यालय सम्हालेको दोस्रो दिन नै मृत्यु

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ४ : ४०


चीनका लागि जर्मन राजदूत जन हेकरको कार्यालय सम्हालेको दोस्रो दिन नै मृत्यु भएको छ। जर्मनीको विदेश मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार हेकरलाई बेइजिङस्थित दूतावासमा शुक्रबार मात्र स्वागत गरिएको थियो।

शनिबार उनको मृत्यु भएको हो। ५४ वर्षका हेकरका ३ सन्तान छन्। उनको मृत्युले जर्मनी निराश भएको जर्मनीको विदेश मन्त्रालयको विज्ञप्तीमा जनाइएको छ।

चीनको विदेशमन्त्रालयले पनि दुःख व्यक्त गरेको छ। उनको मृत्युको बारेमा केही खुलाइएको छैन।

बेइजिङ् खटाउनु अगाडि उनी चान्सलर एंगेला मर्केलको विदेश ममिला सल्लाहकार थिए।

चर्चित बरिष्ठ कुटनीतिज्ञ जन हेकरलाई अघिल्लो महिना मात्रै चीनका लागि जर्मनीको राजदूतका रुपमा बेइजिङ् पठाइएको थियो। क्वारेन्टिन अवधि सकिएपछि मात्र उनलाई चीनमा स्वागत गरिएको थियो। रोयटर्स

The German and European Union flags fly at half mast after German ambassador to China Jan Hecker passed away, at the Germany embassy in Beijing, China September 6, 2021. REUTERS/Carlos Garcia Rawlins


प्रतिक्रिया दिनुहोस्