अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, नवजात शिशुसहित चार जनाको मृत्यु

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ३ : ४६


अमेरिकाको दक्षिणी राज्य फ्लोरिडामा आइतबार अन्धाधुन्ध गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ। सो घटनामा एक ३ महिने नवजात शिशुको पनि मृत्यु भएको सीएनएनले जनाएको छ।

यस्तै यही गोलीकान्डमा ११ वर्षका एक बालक घाइते भएका छन्। पोल्क काउन्टी सेरिफ ग्रेडी जुटका अनुसार बिहानै स्थानीय समयअनुसार साढे ४ बजे अन्धाधुन्ध गोली प्रहार भएको थियो।

यो आक्रमणमा प्रहरीले जवाफी कारवाही जारी राखेपछि घाइते भएका एक आक्रमणकारीले आत्मसमर्पण गरेका थिए। यो घटनाको उद्देश्यबारे हाल अनुसन्धान जारी छ।


प्रतिक्रिया दिनुहोस्