एमसीसीको बिरोधमा अमेरिकी दूताबास अगाडि प्रर्दशन

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  २ : २८


एमसीसीको बिरोध गर्दै अमेरिकी दुतावास अगाडि प्रर्दशन गर्न पुगेका मोहन बैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)मा आवद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सोमबार दिउँसो महाराजगंजस्थित अमेरिकी दुतावासमा पुगेर एमसीसी राष्ट्रघाती सम्झौंता भएको उल्लेख गर्दै खारेज गर्न दवाव दिईरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रर्दशनकारीहरुले दुतावास अगाडिको सडकमा उभिएर ‘राष्ट्रघाती एमसीसी सम्झौंता तत्काल खारेज गर’ भन्नेलगायतका चर्का नाराबाजी गरेका थिए।

अखिल (क्रान्तिकारी)ले एमसीसी पारित गरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिँदै आएको छ।

यता, सरकारले एमसीसीबारे स्पष्ट पार्न माग गर्दै अमेरिकी सरकारलाई पत्राचार गरेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो सम्झौंता पारित गर्ने षडयन्त्र नगर्न सरकारलाई सचेत गराउँदै आउनु भएको छ।

 


प्रतिक्रिया दिनुहोस्