टी–ट्वान्टी विश्वकपका लागि पाकिस्तानले गर्‍यो टिम घोषणा

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  २ : ०५


काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि पाकिस्तानले टिमको घोषणा गरेको छ । आगामी अक्टोबर–नोभेम्बरमा युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले सोमबार बाबर आजमको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो ।

पाकिस्तानले घोषणा गरेको टिममा आसिफ अली र खुस्दील शाहले पुनरागमन गरेका छन् । सोही टिमले न्युजिल्याण्ड र इंग्ल्याण्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने पीसीबीले जनाएको छ ।

पाकिस्तानी टिम

बाबर आजम (कप्तान), आसिफ अली, खुशदील शाह, मोहम्मद हाफिज, सोहिब मक्सुद, आजम खान, मोहम्मद रिजवान, इमाद वासिम, मोहम्मद नवाज, मोहम्मद वासिम, शादब खान, हरिस रौफ, हसन अली, मोहम्मद हसनैन, शाहिन शाह अफ्रिदी

वैकल्पिक खेलाडीः फखर जमान, शाहनावाज दहानी, उस्मान कदिर


प्रतिक्रिया दिनुहोस्