पन्जसिर आतंकवादीबाट मुक्त भयो, अब विद्युत र इन्टरनेट बहाल हुन्छः तालिबान

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १ : ३१


तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमबार पत्रकार सम्मेलन गर्दै पन्जसिर उपत्यका आफ्ना लडाकुले कब्जामा लिएको दाबी गरेका छन्। उनले सोमबर पुरै पन्जसिर कब्जामा आइसकेकाले अब त्यहाँ विद्युत र इन्टरनेट बहाल हुने समेत जानकारी दिए।

मुजाहिदका अनुसार पन्जसिरका एनआरएफ लडाकुसँग वार्ताको लागि प्रयास गर्दा उनीहरुले नकरात्मक जवाफ दिएका थिए। यसअघि एनआरएफ लडाकुले तालिबानसँग युद्ध गर्ने बताएका थिए।

मुजाहिदले पन्जसिरका एनआरएफ लडाकुलाई आतंकवादीको संज्ञा दिँदै पन्जसिर नियन्त्रणमा लिनुको उद्देश्य पन्जसिरलाई आतंकवादीबाट मुक्त गर्नु रहेको बताएका छन्। यतिबेला कडा कारवाहीपछि पन्जसिर आतंकवादीबाट मुक्त भएको उनको भनाइ छ।

यसअघि पन्जसिरका लडाकुले युद्ध गर्ने बताएपछि सत्ता कब्जा गरेको तालिबानले त्यस क्षेत्रको फोन, इन्टरनेट, बिजुलीको सेवा बन्द गरिदिएको थियो। तालिबानले रक्तपाद बिनै पन्जसिर कब्जा गरेको दाबी गरेको छ।

यद्यपी यसअघि एनआरएफ लडाकुले आफ्नो कारवाहीमा सयौं तालिबानीको मृत्यु भएको बताएको थियो। तालिबानले औपचारिक घोषणा गर्दै पन्जसिर आफ्नो कब्जामा आइरहेको बताइरहँदा एनआरएफ लडाकुले भने तालिबानले पन्जसिर नियन्त्रणमा लिएको विषय अस्वीकार गरेको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्