अर्मेनियाको पोष्टमा जर्मनले गर्‍यो आधा दर्जन गोल

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १२ : ०३


काठमाडौं । फिफा विश्वकप छनोट तथा युरोपेली छनोट खेलमा जर्मनले अर्मेनियाको पोष्टमा आधा दर्जन गोल गरेको छ । आइतबार राति घरेलु मैदान मार्कोडेज बेन्ज एरिनामा भएको खेलमा जर्मनले अर्मेनियालाई ६–० गोल अन्तरले पराजित गरेको हो ।

गोलरक्षक म्यानुयल नेउरको कप्तानीमा उत्रिएको जर्मनको जितमा सर्जी जिनाब्रीले दुई तथा मार्को रेउस, टिमो वार्नर, जोनास होफ्म्यान र करिम एडेयामीले १–१ गोल गरे ।

पहिलो हाफमा ४ गोल गरेको हान्स डियटर फ्लिकको टोलीले दोसो हाफमा थप २ गोल गरेको हो । जर्मन प्रशिक्षकको रूपमा फ्लिकको यो दोस्रो खेल हो ।

जितसँगै जर्मन समूह ुजेुमा पाँच खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । पराजित अर्मेनिया पाँच खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ ।

पाँच खेलबाट नौ अंकसहित रोमानिया तेस्रो, पाँच खेलबाट आठ अंकसहित नर्थ म्यासेडोनिया चौथो, पाँच खेलबाट चार अंकसहित आईसल्याण्ड पाँचौ र पाँच खेलबाट कुनै अंक बनाउन नसकेको लेक्टेनस्टाईन तालिकाका पुछारमा छ ।

राति नै भएको समूह ‘जे’को अर्को खेलमा रोमानियाले लेक्टेनस्टाइनलाई २–० गोल अन्तरले पराजित गर्‍यो । रोनानियाको जितमा एलिन टोस्का र क्रिष्टियन मानेयाले १–१ गोल गरे ।


प्रतिक्रिया दिनुहोस्