छिनभरकै वर्षाले काठमाडौं जलमग्न (फोटोफिचर)

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १० : ४१


काठमाडौं । आइतबार रातिबाट परेको अविरल वर्षाका कारण उपत्यकाका विभिन्न स्थान डुवानमा परेका छन् । प्रहरीका अनुसार करिब चार सय घर डुवानमा परेका छन् भने साढे दुई सय बढीको सकुशल उद्धार गरिएको छ ।

आइतबार राति काठमाडौं उपत्यकामा अतिभारी वर्षा भएको छ । एक रातमै १२१.५ मिलिमिटर वर्षा हुँदा बागमती र यसका सहायक नदीमा बाढी आएको छ । नदी छेउका वस्ती जलमग्न भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार तीनरचार दिनदेखिको चर्को घामपछि विकसित स्थानीय प्रणालीमा बंगलाको खाडीबाट आएको जलवाष्पयुक्त न्यून चापीय क्षेत्र मिसिदा एकाएक अतिभारी वर्षा भएको हो ।

तस्वीर: न्युज कारखाना


प्रतिक्रिया दिनुहोस्