मध्यरातमा बाबुराम भट्टराईको ट्वीटः ‘एमसीसी पास गरौँ’

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ७ : ११


काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराईले मध्यरातमा एमसीसी पास गराउन आह्वान गर्दै ट्वीट गरेका छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारे नेपालमा व्यापक विवाद भएका बेला उनको यस्तो विचार आएको हो । डा. भट्टराईले देश विकासका सूत्रहरुझैं लाग्ने गरी केही बुँदाहरु बुँदागतरुपमा उल्लेख गर्दै एमसीसी कार्यान्वयन गर्न आह्वान गरेका हुन् । उनले अमेरिकासँग चिठी आदानप्रदान गर्दै एमसीसी कार्यान्वयन गर्न सुझावसमेत दिएका छन् ।

 

उनले लेखेका छन्,‘अमेरिकासँग चिठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गरौं । युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं ।’


प्रतिक्रिया दिनुहोस्