माधव नेपालको पार्टीमा लाग्न कार्यकर्तालाई धम्क्याइएको एमालेको आरोप

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ९ : ५७


काठमाडौं । नेकपा एमालेले आफ्ना कार्यकर्तालाई माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) मा लाग्न धम्क्याइएको आरोप लगाएको छ।

एमाले महासचिव ईश्वर पोखरेलले एक विज्ञप्ति जारी गर्दै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लाग्नका लागि अरु पार्टीका नेता कार्यकर्ताहरुले समेत देशैभर प्रलोभन दिने, धम्क्याउने जस्ता क्रियाकलाप भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

अन्य पार्टीको यो हर्कतले एमालेको विभाजन कसले चाहिरहेको छ भन्ने प्रष्ट भएको पनि विज्ञप्तिमा उल्लेख गरेको छ।


प्रतिक्रिया दिनुहोस्