प्रदेश २ मा थप तीन सासदले रोजे लोसपा

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ९ : ३५


जनकपुरधाम । जनता समाजवादी पार्टीकी प्रदेश सासद रानी शर्मा तिवारीसहित तीन जना सासदले लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन्।

आइतबार दिउँसो जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालय पुगेर प्रदेश सांसद अभिराम शर्मा, रानी शर्मा तिवारी र उपेन्द्र महतो लोसपामा सनाखत गरको हुन्।

योसँगै जसपाका ५५ सासद मध्ये १५ जनाले लोसपा रोजेका छन्।

लोसपातर्फ खुलेका निर्वातमान भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोलनले अझै सनाखत गरेका छैन। उनले सनाखतको म्याद सकिने अन्तिम दिन सनाखत गर्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्