विप्लव सहित २२ दलीय मोर्चाद्वारा एमसीसी विरुद्ध आन्दोलनको अपील

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ८ : ५६


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितको २२ दलीय संगठनले एमसीसीविरुद्ध एकढिक्का हुन आह्वान गरेको छ।

गठबन्धनले आइतबार जारी गरेको विज्ञप्तिमा निरन्तरको विरोधका कारण अहिलेसम्म एमसीसी संसदबाट पारित हुन नसकेको र खारेजी नै हुनुपर्नेमा जोड दिइएको छ।

एमसीसी पारित गर्नका लागि दबाव सिर्जना गर्नका गर्न परियोजनाकी उपाध्यक्षलगायतका पदाधिकारीको नेपाल भ्रमणमा आउन लागेको उल्लेख गर्दै संगठनले सो क्रममा विरोध प्रदर्शनहरूको आयोजना गरिने बताइएको छ।

विरोध प्रदर्शनका ठोस कार्यक्रम चाँडै नै सार्वजनिक गरिने संगठनको तर्फबाट सीपी गजुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यस्तै, विप्लव नेकपा निकट केन्द्रीय जनपरिषदले पनि एमसीसी अगाडि नबढाउन चेतावनी दिएको छ।


प्रतिक्रिया दिनुहोस्