एक दशकपछि राष्ट्रिय टोलीमा गोलरक्षक विशालको डेब्यू

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ७ : ४१


राष्ट्रिय टोलीमा स्थान बनाएको करिब एक दशकपछि गोलरक्षक विशाल श्रेष्ठले डेब्यू गरेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी दोस्रो खेलको दोस्रो हाफमा मैदान छिर्दै गोलरक्षक विशालले राष्ट्रिय टोलीबाट डेब्यू गरेका हुन्।

प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले विशाललाई कप्तान किरण लिम्बुको स्थानमा मैदान प्रवेश गराएका थिए।

व्यवसायिक फुटबलमा मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र क्लबमा सफल रहेका विशाल पहिलो पटक राष्ट्रिय टोलीबाट डेब्यू गर्ने मौका पाएका हुन्।


प्रतिक्रिया दिनुहोस्