भारत विरुद्ध नेपालले फर्कायो पहिलो गोल

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ७ : २२


काठमाडौं । दोस्रो मैत्रीपूर्ण खेलमा भारतविरुद्ध नेपालले गोल फर्काएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी दोस्रो खेलको दोस्रो हाफमा दुई गोलले पछि परेको स्थितिमा नेपालले गोल फर्काएको हो।

नेपालका मिडफिल्डर तेज तामाङले गोल गरेका हुन् । उनको गोलसँगै खेल २(१ ले अगाडि बढेको छ।

त्यसअघि भारतका लागि फारुख चौधरी र सुनिल क्षेत्रीले एक(एक गोल गरेका थिए । फारुख चौधरीले ६२ मिनेटमा गोल गरे भने सुनिलले ८० मिनेटमा गोल गरेका थिए।

सुनिलले काउन्टरमा गोल गरेका थिए । यस्तै, चौधरीले नेपाली डिफेन्सको गल्तीको फाइदा उठाउँदै गोल गरे।

 


प्रतिक्रिया दिनुहोस्