नेविसङ्घको महामन्त्रीमा सुनसरीका यादव नियुक्त

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ६ : ५५


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भ्रातृसंस्था नेपाल विद्यार्थी सङ्घ केन्द्रीय तदर्थ कार्यसमितिको महामन्त्रीमा सुनसरीका कपिलेश्वर यादवलाई नियुक्त गरेका छन।

कांग्रेस पार्टीमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका साङ्गठानिक संरचना समायोजनका लागि भएको सहमतिअनुसार यादवलाई आज सङ्घको महामन्त्रीमा नियुक्त गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस्