नेपाल-भारतबीचको फुटबल खेल हेर्न ओली दशरथ रंगशालामा

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ६ : ०२


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाड नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला पुगेका छन् ।

खेलाडीको हौसला बढाउन अध्यक्ष ओली रंगशाला पुगेको उनको सचिवालयले जनाएको छ । सरकारको प्रतिनिधित्व गर्दै गृहमन्त्री खाड खेल हेर्न मैदान खाड पुगेका हुन् ।

नेपाल र भारतको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ शून्य गोलको बराबरीमा सकिएको छ ।

यसअघि शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल १(१ को बराबरीमा सकिएको थियो ।


प्रतिक्रिया दिनुहोस्