नेपाली डिफेण्डर रोहित सम्मिलित पर्सिजाको खेल आज

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  १ : ४६


काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका डिफेण्डर रोहित चन्द सम्मिलित पर्सिजा जाकर्ताले इन्डोनेसियन लिग वानमा नयाँ सिजन आज सुरु गर्दैछ।

आइतबार पर्सिजाले पहिलो चरणको खेलमा पिएसएस स्लेमनको सामना गर्दै नयाँ सिजनको सुरुवात गर्न लागेको हो।

खेल नेपाली समयअनुसार साँझ सवा ७ बजे सुरु हुनेछ।

इन्डोनेसियाको शिर्ष डिभिजन लिग गत शुक्रबार नै सुरु भएको हो । रोहित सम्मिलिन पर्सिजाको भने आज खेल रहेको छ ।

पिएसएस स्लेमनविरुद्ध रोहितसमेत खेल्ने सम्भावना रहेको छ।

इटालीयन प्रशिक्षक एन्जेलो एलेसियोको आगमनसँगै पर्सिजाले लिगमा पहिलो खेल खेल्दैछ। अघिल्लो हप्ता मात्रै इन्डोनेसिया पुगेर ८ दिनको क्वारेन्टिन समय विताएपछि रोहित टोलीको अभ्यास सत्रमा सहभागी भएका हुन्।

पहिलो चरणको अन्तिम दिन पुग्दा बोर्नियो ३ अंकसहित शिर्ष स्थानमा छ। पर्सिजाले पहिलो खेलमा ३–० को जित हासिल गरे शिर्ष स्थान कब्जा गर्नेछ।

यता, नेपालले समेत आज नै भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ।

यसअघि रोहित टोलीसँगै पोखरामा बन्द प्रशिक्षणमा रहँदा इन्डोनेसिया उडेका थिए।


प्रतिक्रिया दिनुहोस्