नेप्सेमा ठूलो पहिरो, सेयर बजार ४० मिनेटका लागि बन्द

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  १ : १३


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज पछिल्लो समयकै सबै भन्दा ठूलो गिरावट आएको छ।

कारोबार सुरु भएको केहि समयमै घटन थालेको सेयर बजार ५ प्रतिशतले घटेपछि कारोबार ४० मिनेटका लागि बन्द गरिएको छ।

सो अवधिसम्ममा २१५ कम्पनीको ७९ हजार ९३५ पटकको कारोबारमा ७ अर्ब १९ करोड ९० लाख ३५ रुपैयाँ बराबरको १ करोड ४८ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ कम्पनीको मात्र शेयरमूल्य बढेको छ।

अब बजार १ः३९ः५५ मा पुनः खुल्नेछ।


प्रतिक्रिया दिनुहोस्