विवेकशील साझाका प्रवक्ता भन्छन्ः सरकारले एमसीसीबारे प्रश्न गर्नु लज्जाको विषय

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ३ : ५६


विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले सरकारलाई एमसीसीबारे थाहा हुँदा हुँदै पनि त्यसबारे प्रश्न गर्नु लज्जाको विषय भएको बताएका छन्।

संविधान बनाउनेहरु नै सरकार र संसदमा भएका बेला उनीहरुले नै एमसीसीबारे एमसीसी मुख्यालयसँग प्रश्न गर्नु नालायकीपन भएको उनको भनाइ छ।

पाठकले सामाजिक संजालमा भनेका छन्,‘संविधान आफ्नो देशको। संविधान बनाउनेहरू नै सरकार र संसदमा।

सरकार प्रश्न सोध्छ एमसीसी मुख्यालयलाई? यो सम्झौता नेपालको संविधान भन्दा माथि छ कि छैन? नेपालको राष्ट्रिय हित र सार्वभौमिक सत्तालाई असर पार्छ कि पार्दैन?

यी हदको नालायकी प्रदर्शनबाट आज देश र नागरिक चरम लज्जित हुनुपरेको छ। धिक्कार।’


प्रतिक्रिया दिनुहोस्