नेमार भन्छन्ः म मोटाएको होइन, जर्सी ठूलो हो

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ३ : ३४


ब्राजिलका स्टार फरवार्ड नेयमारले नयाँ सिजन सुरु हुँदा आफू मोटाएको भन्ने आरोप सामाजिक संजालमार्फत नकारेका छन्। कोपा अमेरिका सकिएपछि एक महिना छुट्टीमा रहँदा नेमारको पेट लागेको भन्दै सामाजिक संजालमा चर्चा भएको थियो।

दक्षिण अमेरिकाको विश्वकप छनोट अन्तर्गत ब्राजिलले चिलीविरुद्ध खेल्दा पनि नेयमारको तस्बिरलाई लिएर सामाजिक संजालमा उनी मोटाएको र फिट नभएको आरोप लागेको थियो। तर नेमारले इन्स्टाग्राममा आफ्नो जर्सीको साइज ठूलो भएकाले त्यस्तो देखिएको भनेका छन्। उनले अर्को खेलमा अलि सानो जर्सी लगाउने बताएका छन्।

‘मेरो जर्सी केहि ठूलो थियो । मैले आफ्नो तौल सन्तुलनमा राखेको छु,’ हाँसेको केहि इमोजी प्रयोग गर्दै उनले लेखेका छन्, ‘अर्को खेलमा मैले मिडियाम साइजको जर्सी लगाउनेछु।’

तर यसअघि सार्वजनिक तस्बिरमा नेमार छुट्टीमा हुँदा पनि उनको पेट लागेको देखिएको थियो।


प्रतिक्रिया दिनुहोस्