हेटौँडामा बाढीले ट्रक बगाउँदा दुईजना बेपत्ता

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  २ : १७


हेटौँडामा शुक्रबार बाढीले एउटा ट्रक बगाउँदा दुईजना बेपत्ता भएका छन्। स्थानीय कर्रा खोलाले ना ४ ख १४४० नम्बरको ट्रक बगाउँदा त्यसमा सबार दुईजना बेपत्ता भएका प्रहरीले जनाएको छ।

बाढीमा बेपत्ताको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनीहरु ट्रकका चालक र सहचालक हुन्।

शिवम् सिमेन्ट उद्योगबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ट्रकलाई शुक्रबार दिउँसो कर्रा खोलामा आएको बाढीले बगाएको हो।

बाढीले बगाएको ट्रक केही तल फेला परे पनि बेपत्ता दुई जनाको अवस्था अझै अज्ञात छ। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्