पुरुषलाई जस्तै अधिकार दिनुपर्ने मागसहित अफगानिस्तानमा महिलाहरूको प्रदर्शन

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  १ : ३८


अफगानिस्तानमा शुक्रबार महिलाहरूले सडकमा निस्किएर पुरुषसरह समान अधिकारको माग गर्दै प्रदर्शन गरेका छन्। तालिबानले सरकार गठन प्रक्रिया सुरु गरेका बेला महिला अधिकार सुनिश्चित गर्न शुक्रबार राजधानी काबुलस्थित राष्ट्रपति भवनबाहिर महिलाहरूको समूहले प्रदर्शन गरेका हुन्।

तालिबानको आगमनपछि महिलाले पढ्न नपाउने, काम गर्न नपाउने त्रासबीच उनीहरुले समान अधिकारसँगै सरकारमा महिला सहभागिता सुनिश्चित गर्नुपर्ने मागसहित प्रदर्शन गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

उनीहरूले बोकेका प्लेकार्डमा ‘एक साहसी सरकार जसमा महिला सहभागिता पनि होस्’, ‘महिला अधिकार, पुरुषसँग बराबर’ लगायतका नारा लेखिएको थियो। एजेन्सी


प्रतिक्रिया दिनुहोस्