अफगानिस्तानले पाठ सिकाए पनि अमेरिकाको रबैया सुध्रिएनः पुटिन

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  १० : ३६


रुसी राष्ट्रपति भ्लादमिर पुटिनले शुक्रबार अमेरिकाको चर्को रुपमा आलोचना गरेका छन्। पुटिनका अनुसार अफगानिस्तानले राम्रो पाठ सिकाए पनि अमेरिकी रबैयामा सुधार देखिएको छैन। अमेरिका आफ्नो नीति अन्य देशमा लाद्न अझै अग्रसर देखिएको पुटिनको भनाइ छ।

रुसी समाचार संस्था तासका अनुसार पश्चिमा देशले आफ्नो मूल्य र मान्यता थोपार्न नछाडेको आरोप लगाउँदै पुटिनले भनेका छन्,‘के यो पश्चिमा प्रभुत्वको अन्त्य हो? आखिर मामला के हो? कुरा यो हो कि अमेरिकाले पाठ सिकेको जग जाहेर छ र उनीहरुले राम्रो सुझबुझका साथ आफ्नो नीतिमा बदलाव ल्याउन जरुरी छ।’

‘उनीहरु अफगानिस्तान बारे भन्छन् कि उनीहरुले त्यहाँ गएर कयौं गल्तीहरु गरे। तर उनीहरुले लगातार त्यस्ता गल्ती दोहोर्याइरहेका छन्’ पुटिनले भने। अमेरिकाले कयौं देशमाथि प्रतिबन्ध लगाएको घटना उदृत गर्दै पुटिनले त्यही कारणलाई नीति लाद्ने रबैया भनेका छन्।


प्रतिक्रिया दिनुहोस्