सेजनको अध्यक्षमा जनार्दन, महासचिव भागवत

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ९ : २१


काठमाडौं । आर्थिक पत्रकारहरूको साझा छाता संगठन आर्थिक पत्रकार समाज नेपाल (सेजन)को अध्यक्षमा जर्नादन बराल निर्वाचित भएका छन्।

आज भएको निर्वाचनमा बराल निर्वाचित भएका हुन। अध्यक्षमा आशिष ज्ञवाली र शिरोमणि ढुंगाना पनि प्रतिस्पर्धी रहेका थिए।

यस्तै, उपाध्यक्षमा सुजन वली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित भएका छन्।

सदस्यमा सीबी अधिकारी, अच्युत पुरी, अमर बडुवाल, सोभित थपलिया र इशारा कोइराला निर्वाचित भएका छन्।


प्रतिक्रिया दिनुहोस्