हतियार चोरेको आरोपमा अढाई वर्षदेखि जेलमा रहेका २ निर्दोष सिपाही रिहा

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ७ : ४९


काठमाडौं । चितवनस्थित गणबाट २०७५ पुसमा हतियार हराएको अभियोगमा कैदमा सजाय भोगिरहेका अमल्दार लवकुमार गुरुङ्ग र सिपाही सरोज तामाङ्गले सैनिक विशेष अदालतबाट सफाइ पाएका छन्।

सैनिक विशेष अदालतमा परेको पुनरावेदनमा भएको सुनुवाइबाट उनीहरु दुवैले सफाइ पाएका हुन।

अढाई बर्ष देखि जेलमा रहेका उनीहरुलाई निर्दोष ठहर गर्दै सैनिक विशेष अदालतले रिहा गर्न आदेश दिएसँगै उनीहरु रिहा भएका हुन्।

अमल्दार गुरुङ्ग र सिपाही तामाङ्गलाई सोही वर्षको चैत १८ गतेबाट गणना हुने गरी तीन वर्ष पदोन्नति रोक्का र साविककै दर्जामा पुनःवहाली गर्ने अदालतबाट भदौ १७ गते भएको फैसला कार्यान्वयनमा गइसकेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्