चार किलो सुनसहित विमानस्थलबाट दुई व्यवसायी प्रहरी नियन्त्रणमा

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ७ : ३२


नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।

श्री एयरलाईन्सको काठमाण्डौ–नेपालगञ्जको नियमित उडानबाट आएका दुई जनाको साथबाट सुनजस्तो देखिने चार किलो धातु बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।

‘चारकिलो सुन जस्तो पहेलो वस्तुसहित दुई जनालाई नियन्त्रणमा लिएका छौँ। उनीहरु श्री एयरलायन्सबाट काठमाण्डौबाट आएका हुन्। हामीले बरामद गरेको बस्तु सुन भए नभएको र उनीहरुले खरिद गरेको बिल बिजकको जाँच गर्दै छौ’– उनले भने।

नेपालगञ्ज विमानस्थलमा सुनचाँदी व्यवसायी संघका अध्यक्ष सहित पुगेर घटनाको अनुसंन्धान सुरु गरेको प्रहरी जनाएको छ।

प्रहरीले सुनसहित प्रहरी नियन्त्रणमा परेका व्यावसायीको परिचय खुलाएको छैन।


प्रतिक्रिया दिनुहोस्