बलात्कारीलाई टेलिभिजनमा कसरी बलात्कार गर्ने भनेर डम्मी दिएपछि भयो हंगामा

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ६ : २७


अफ्रिकी राष्ट्र आईभरी कोस्टमा एक टेलिभिजन कार्यक्रममा बलात्कारीलाई उपस्थित गराएर कसरी बलात्कार गर्ने भनेर डम्मी दिने एक पत्रकारको तीव्र रुपमा आलोचना भइरहेको छ।

बलात्कारलाई प्रश्रय दिएको भनेर उनको आलोचना भएको छ भने उनलाई जरिवाना गरिएको छ। उनले पुत्ला दिएर कसरी बलात्कार गरेको भनेर एक व्यक्तिसँग प्रश्न गरेका थिए।

ती उपस्थित व्यक्तिले पनि महिलालाई आफूले कसरी बलात्कार गरेको भनेर देखाएका थिए। यो घटना यतिबेला ती पत्रकारको टाउको दुखाईको विषय बनेको छ।

द मिररका अनुसार यतिबेला डाइरेक्ट टेलिभिजन च्यानलले उक्त कार्यक्रम प्रसारण गरेकोमा माफी मागेको छ। ती पत्रकारविरुद्ध महिला हिंसा र बलात्कारलाई समर्थन गरेको भन्दै अदालतमा मुद्दा पनि दर्ता भएको छ।


प्रतिक्रिया दिनुहोस्