अध्ययन भन्छः प्रदूषणले भारतीय नागरिकको आयु ९ वर्ष घट्ने

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ६ : ०३


भारतको वायु यति प्रदूषित भइसकेको छ कि यसले त्यहाँका नागरिकको उमेर ९ वर्षसम्म घट्नसक्ने नयाँ अध्ययनले देखाएको छ।

बुधबार सार्वजनिक भएको अमेरिकास्थित सिकागो विश्वविद्यालयको इनर्जी पोलिसी इन्स्टिट्युटले गरेको अध्ययनमा भारतका सबै १ अर्ब ३० करोड नागरिकले प्रदूषित वायु लिइरहेको देखिएको हो।

विश्व स्वास्थ्य संगठनले तोकेको हानिकारक वायुको मात्रा र त्योभन्दा बढी प्रदूषित हावा भारतीयले लिइरहेको अनुसन्धानमा उल्लेख गरिएको छ।

भारतमा सन् २०२४ भित्र हालको वायु प्रदूषणको पुरा मात्रालाई ३० प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ। तर भारतमा दैनिक प्रदूषण निकै बढिरहेको छ। महाराष्ट्र र मध्य प्रदेशजस्ता राज्यको अवस्था झनै नाजुक भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्