विप्लव नेकपाका प्रवक्ता र गृहमन्त्री खाँडबीच भेटवार्ता

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ५ : ४०


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ले गृहमन्त्री बालकृष्ण खाँडसंग भेटवार्ता गरेका छन।

पूर्ववर्ति केपी शर्मा अ‍ोली नेतृत्वको सरकारसँग गरेको ३ बुँदे सहमति कार्यान्यवनमा आउँन नसकिरहेका बेला प्रकाण्डले गृहमन्त्री खाँडसँग शुक्रबार भेटवार्ता गरेका हुन।

विप्लव नेकपाका नेताहरुले यसअघि सबै दलका शिर्षनेताहरुसँग भेटघाट गरि सहमति कार्यान्वयन हुनुपर्ने माग गरेका थिए। तर, अझै सहमति कार्यान्वयन नहुँदा धेरै नेताकार्यकर्ता जेलमा छन।

सहमति कार्यान्वयन नभए सरकारी पक्षलाई नै ठूलो घाटा हुने चेतावनी विप्लव नेकपाले दिँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्