जयसिंह धामीको लागि न्याय माग्दै प्रदर्शन, मोदीको पुत्ला जलाइयो (फोटोफिचर)

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ५ : २३


काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरेको छ।

भारतीय हस्तक्षेपविरुद्ध प्रर्दशनी मार्गस्थित आरआर क्याम्पस अगाडि विरोध प्रर्दशन गर्दै अनेरास्ववियुले शुक्रबार मोदीको पुतला जलाएको हो।

विरोध प्रर्दशनीमा अनेरास्ववियुले भारतीय हस्तक्षेप मुर्दावाद, सीमा अतिक्रमण बन्द गर, जयसिंह धामीलाई न्याय दे जस्ता नारा लगाएको थियो।

प्रर्दशनका क्रममा मोदीको पुतला जलाउन खोज्दा प्रहरीले खोस्न थालेपछि झडपसमेत भएको थियो।

झडपमा परी अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, उपाध्यक्ष माधव पन्त र सचिव अशोक थापा घाइते भएका छन्।

अनेरास्ववियुका सचिव मेघनाथ चापागाईंका अनुसार अध्यक्ष पराजुलीको छाती र हातमा आगोले पोलेको छ।

उनलाई मोडल अस्पतालमा उपचार पश्चात कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ।

 

 


प्रतिक्रिया दिनुहोस्