रोनाल्डोले भनेः रेकर्ड तोड्ने व्यक्तिको रुपमा परिचित हुन पाउँदा मज्जा लाग्छ

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ३ : ३१


पोर्चुगिज क्रिस्टियानो रोनाल्डो हालै मात्र अन्तर्राष्ट्रिय फुटबल खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। १ सय ८० खेलमा रोनाल्डाले १ सय ११ अन्तर्राष्ट्रिय गोल गरेका हुन्।

रोनाल्डो जति अन्तर्राष्ट्रिय गोल हालसम्म कसैले गर्न सकेको छैन। यसबीचमा उनलाई गिनिस बुक अफ वर्ल्ड रेकर्ड्सले अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडीको रुपमा पहिचान गरेर प्रमाणपत्र पठाएको छ।

उक्त प्रमाणपत्रसँग फोटो खिच्दै रोनाल्डोले सामाजिक संजालमा भनेका छन्,‘विश्व कीर्तिमानी तोड्ने व्यक्तिको रुपमा परिचित हुन पाउँदै सँधै खुशी लाग्छ।’

उनले गोल अन्तर अझै बढाउन र यस्ता रेकर्ड अझै बनाउन प्रयत्न गरिरहने पनि उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस्