वायु प्रदूषणले बालबालिका मोटोपनको शिकार : अध्ययन

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ३ : ०७


नयाँ दिल्ली । वायु प्रदूषणका कारण बालबालिका मोटोपनको शिकार भएको र उनीहरुमा दम रोगको जोखिम बढेको एउटा नयाँ अध्ययनले देखाएको छ।

मोटा बालबालिकामा दम रोगको ७९ प्रतिशत सम्भावना देखिएको अध्ययनमा दर्शाइएको छ।

वायु प्रदूषणको उच्च जोखिम रहेको दिल्लीका बालबालिकामा मोटोपन देखिएको अध्ययनमा जनाइएको छ।

मोटोपन, दम रोग र वायु प्रदूषणबीचको सम्बन्धलाई लिएर भारतमा पहिलो पटक अध्ययन गरिएको थियो।

लामो समयसम्म अस्वच्छ हावामा रहँदा बालबालिकामा श्वासप्रश्वासजन्य समस्या निम्तिन सक्ने विज्ञहरुले चेतावनी दिँदै आएका छन्।

लङ केयर फाउण्डेसन र पलमोकेयर रिसर्च एण्ड एजुकेसनले गरेको सो अध्ययनमा दिल्ली र दक्षिणी भारतका १२ विद्यालयका तीन हजार एक सय ५७ वालबालिकाकाबारेमा अध्ययन गरिएको थियो।

अध्ययनका क्रममा सबैभन्दा बढी दिल्लीका बालबालिका मोटा देखिएका थिए।


प्रतिक्रिया दिनुहोस्