नेपाल इन्भेष्टर्स फोरमद्वारा सेयर धितोकर्जाको सीमा खारेज गर्न माग

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  २ : ५६


काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले नेपाल राष्ट्र बैंकबाट गरिएको सेयर धितो कर्जासम्बन्धी विभेदकारी तथा अव्यावहारिक नीतिलाई तत्काल खारेज गर्न माग गरेको छ।

फोरमले सेयर धितो कर्जाका कारण सेयर बजारमा लगातार गिरावट आएको भन्दै धितोकर्जामा भएको १२ करोडको सीमा तत्काल खारेज गर्न माग गरेको हो।

चालू आर्थिक वर्षको मौद्रिक नीतिले सेयर धितो कर्जा एक व्यक्ति वा एक संस्थाले बढीमा १२ करोडसम्म लिन सक्ने व्यवस्था गरेको छ।

बैंक तथा वित्तीय संस्थाहरुले कोर क्यापिटलको ४० प्रतिशत मात्र सेयर धितो कर्जा प्रवाह गर्न पाउँछन् जुन ऋण लगानीको २ दशमलव ५ प्रतिशत मात्र हो।

यसरी सीमा तोक्दा ऋण सुविधा लिन लगानीकर्ताहरुलाई सास्ती परेको फोरमले जनाएको छ।

लगानीकर्ताले ऋण लिन तीनवटा बैंक तथा वित्तीय संस्था धाउनुपर्ने भएकाले यो निकै झन्झटिलो भएको फोरमको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्