लोकप्रियतामा कमी आएपछि जापानी प्रधानमन्त्री सुगा राजीनामा दिने मनस्थितीमा

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  २ : ४७


जापानका प्रधानमन्त्री योसिहिदे सुगाले पार्टी नेतृत्वको चुनाव नलड्ने घोषणा गरेका छन्। उनले प्रधानमन्त्री पदबाट पनि चाँडै राजीनामा दिने संकेत गरेका छन्।

एक वर्ष अगाडि जब तत्कालिन प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यमा आएको खराबीका कारण पद त्यागेका थिए त्यसबेला सुगा देशको प्रधानमन्त्री बनेका थिए। जापानमा हालसम्म १५ लाखभन्दा बढी कोरोनाबाट संक्रमित भएका छन्। त्यहाँ खोप कार्यक्रम सुस्त गतिमा अगाडि बढिरहेको छ।

कोरोना महामारीका कारण चपेटामा रहेकै बेला ओलम्पिक खेल आयोजना भएको भन्दै प्रधानमन्त्री योसिहिदे सुगाको आलोचना हुने गरेको छ। उनको लोकप्रियतामा यसै कारण कमी हुन थालेको देखिएको छ।

समाचार संस्था एएफीका अनुसार लिबरल डेमोक्रेटिक पार्टी एलडीपीका महासचिवले भनेका छन्,‘सुगाले अहिले कारोना रोकथाममा पुरै ध्यान दिनेछन् जसका कारण उनी पार्टी नेतृत्वको चुनाव लड्न चाहँदैनन्। यो दुःखद कुरा हो।’

सत्ताधारी पार्टी एलडीपीको २९ डिसेम्बरमा पार्टी प्रमुखको लागि चुनाव हुँदैछ। जो पार्टीको प्रमुख बन्छ उसैको पोल्टामा देशको शासन जाने संभावना हुन्छ। एलडीपी अहिले संसदमा बहुमत भएको पार्टी हो।


प्रतिक्रिया दिनुहोस्