एक जनामा पनि कोरोना नदेखिएको दाबी गर्ने उत्तर कोरियालाई विश्वास छैन कोरोना खोपमा

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १ : ५५


उत्तर कोरियालाई संयुक्त राष्ट्रसंघको कोभ्याक्स कार्यक्रममार्फत् हालै चिनियाँ सिनोभ्याकको ३० लाख डोज कोरोनाविरुद्धको खोप दिने प्रस्ताव गरिएको थियो।

उत्तरलाई कोरोना खोप दिने प्रस्ताव पहिलोपटक भने गरिएको थिएन। तर उत्तर कोरियाले दोहोर्याउँदै खोप लिन अस्विकार गरेको छ र भन्छ,‘हामीलाई खोप आवश्यक छैन, जुन देशमा खोपको खाँचो छ त्यो देशलाई खोप दिएको राम्रो।’

यसअघि कोभ्याक्स कार्यक्रम अन्तर्गत नै उत्तरलाई २० लाख अस्ट्राजेनिका खोप दिने भनिएको थियो साथै रुसले पनि खोप दिन्छु भनेको थियो। तर त्यसबेला पनि उत्तरले खोप नलिने बतायो। बीबीसीका अनुसार उत्तर कोरिया यो मान्छ कि कोरोना खोपले नकरात्मक प्रभाव पार्दछ।

उत्तर कोरियाले कहिल्यै स्पष्ट रुपमा कोरोनाबारे जानकारी दिएको छैन। त्यहाँको सरकारले हालसम्म पनि उत्तर कोरियामा एक जनामा पनि कोरोना संक्रमण नदेखिएको बताउने गरेको छ। त्यहाँको सूचना पारदर्शी ढंगबाट नआउने भएकाले कोरोनाको सन्दर्भमा त्यहाँको स्पष्ट जानकारी कसैलाई थाहा छैन।

यद्यपी उत्तर कोरिया कोरोनाविरद्ध निकै सजग भने सुरुवात देखि देखिएको छ। उत्तर कोरियाले कोरोना प्रकोप सुरुवात हुनासाथ चीनसँगको साथै अन्तर्राष्ट्रिय नाकाहरु बन्द गरिदिएको थियो।

जानकारहरुका अनुसार उत्तर कोरियाले कोरोना खोपको प्रभावको विषयमा सन्देह व्यक्त गर्दै आएका छन्। उसले अमेरिका र युरोपका खोपले नकारात्मक असर गर्छ भन्ने पनि सोच्छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्