स्वरुप राजको ‘तिम्रै नग्मा’मा आकाश–प्रिन्सी र पिज्मा, भिडिओ ट्रेन्डिङमा

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ११ : ५१


चर्चित गायक स्वरुप राज आचार्यको स्वरमा हालै सार्वजनिक भएको गीत ‘तिम्रै नग्मा’लाई नेपाली दर्शक र श्रोताले असाध्यै रुचाएका छन्। शुक्रबारसम्म यो गीत नेपालको ट्रेन्डिङ नम्बर ५ मा पुगेको छ। युट्युबमा सार्वजनिक गीतमा हालसम्म ४ लाखभन्दा बढी भ्युज छ।

यस्तै नायक आकाश श्रेष्ठ र प्रिन्सी र प्रिज्मा खतिवडाको यस गीतमा अभिनय छ। उनीहरुको अभिनयलाई पनि दर्शकले रुचाएको देखिएको छ।

भिडिओ

दीपक सिलवालको शब्द संगीतमा रहेको गीतलाई स्वरुप राज आचार्यले ८ वर्ष पछि पुनः रेकर्डिङ गरेर बजारमा सार्वजनिक गरिएको हो। मेल र फिमेल भर्सनमा तयार पारिएको गीतको भिडियोको बाँकी कथा गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीतको भिडियोमा सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ। विवाहेत्तर सम्बन्ध र त्यसले निम्त्याउने दुर्घट्नालाई रोमाञ्चक शैलीमा प्रस्तुत गरिएको यस गीतको भिडियोमा केही रहस्यहरु छाडिएको छ।

किरण कंडेलको एरेन्ज रहेको गीत आफ्नो मनको नजिकको गीत भएकाले पुन रेकर्ड गरेर बजारमा ल्याएको संगीतकार तथा गीतकार सिलवालले बताए। उत्सब दहालको छायाँकन रहेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्