माधव नेपाललाई वामदेव गौतमले भनेः यी चार सर्त मान्नुस् तपाइँको पार्टीमा आउँछु

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ११ : ३९


नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफूले राखेको चारवटा सर्त मानेको खण्डमा आफू माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लाग्ने बताएका छन्।

गौतमले माधवकुमार नेपालसँग जनताको बहुदलीय जनवाद जबजलाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्ने लगायतका चार शर्त राखेका छन्।
बिहीबार दिउँसो गौतम र अध्यक्ष नेपालबीच भेटवार्ता भएको थियो।

भेटवार्ताका क्रममा गौतमले आफ्नो चार शर्त रहेको बताएका थिए। जबज छाडेर एकीकृत समाजवादीमा लाग्न नसकिने गौतमको भनाइ थियो।

जबजलाई मार्गदर्शक सिद्धान्त मानेपछि एकीकृत समाजवादीको एजेण्डा कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने पनि गौतमको सर्त छ।

सो क्रममा नेपालले भने गौतमको सर्तबारे छलफल गर्न सकिने जवाफ दिए। तर जबज छोडेको भन्ने प्रचारमा सत्यता नरहेको नेपालले प्रष्टोक्ति दिएका थिए।


प्रतिक्रिया दिनुहोस्