अन्ततः युनाइडेटमा रोनाल्डोलाई जर्सी नम्बर ७, खुशी भए फ्यानहरु

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १० : १९


क्रिस्टियानो रोनाल्डोका समर्थकहरु केही दिनयता आफ्ना आइडलले म्यानचेस्टर युनाइडेटमा जर्सी नम्बर ७ लागउन पाउँछन् कि पाउँदैनन् भनेर अलमलमा थिए।

तर त्यो अलमल दुर भएको छ। म्यानचेस्टर युनाइटेडले इडिसन काभानीले लगाउने गरेको ७ नम्बरको जर्सी यतिबेला औपचारिक रुपमा रोनाल्डोलाई हस्तान्तरण गरेको छ। काभानीले भने आफ्नो राष्ट्रिय टोलीबाट लगाउने जर्सी नम्बर २१ प्राप्त गरेका छन्।

Cristiano Ronaldo to Wear No. 7 For Manchester United - Nationwide 90FM

रोनाल्डो हालैमात्र इटालिएन क्लब युभेन्टसबाट म्यान्यु फर्किएका हुन्। रोनाल्डोले यसअघि युनाइटेडबाट सन् २००३ देखि २००८ सम्म यसै जर्सी नम्बर ७ लगाएर खेलेका थिए। त्यसपछि रियल मड्रिडमा १० सिजन खेल्दा उनले ९ सिजन जर्सी नम्बर ७ लगाएर वैश्विक कीर्तिमान रचे।

युभेन्टसमा ३ वर्ष खेलेर रोनाल्डो फेरि आफ्नै भूतपूर्व क्लब म्यान्यु फर्किएका छन्। उनको आगमनसँगै मान्युले पहिलेजस्तै प्रियिमर लिग तथा च्याम्पियन्स लिग जस्ता खेलमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। मार्का


प्रतिक्रिया दिनुहोस्