तालिबानको विजय सँगै २० वर्ष अगाडीको त्यो घटना फेरी चर्चामा

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ८ : ३५


सन् २००१ को सेप्टेम्बर ११ मङ्गलवारका दिन आत्मघाती आक्रमणकारीहरूले अमेरिकी यात्रुवाहक विमानहरूलाई आफ्नो नियन्त्रणमा लिएर न्यूयोर्कका दुई गगनचुम्बी भवनमा जोतिदिँदा हजारौँ मानिसहरूले ज्यान गुमाए। उक्त आक्रमण अमेरिकीहरूका लागि मात्रै नभई समस्त विश्वकै लागि यो शताब्दीकै सबैभन्दा पीडादायक घटना हो।

संयुक्त राज्य मेरिकाको पूर्वी भेगमा उडिरहेका चारवटा विमान एकपछि अर्को गर्दै अपहरणमा परेका थिए। त्यसपछि तीनलाई ूनियन्त्रित मिसाइलूको रूपमा न्यूयोर्क र वाशिङ्टनका महत्त्वपूर्ण भवनमा ठोक्काइएको थियो। दुईवटा विमानले न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा आक्रमण गरेका थिए।

पहिलो विमानले नोर्थ टावरमा स्थानीय समयानुसार बिहान ८:४६ मिनेट (१३:४६ जीएमटी) मा आक्रमण गरेको थियो। दोस्रो विमान साउथ टावरमा स्थानीय समयानुसार ९: ०३ मिनेटमा ठोक्काइएको थियो।

यी घटनाहरूमा १९ अपहरणकारीबाहेक २,९७७ जनाले ज्यान गुमाए। तीमध्ये अधिकांश न्यूयोर्कमा मारिए।

चारवटा विमानमा सवार चालकदलका सदस्य र यात्रु गरी सबै २४६ जनाको मृत्यु भयो ट्विन टावरमा तत्कालै र पछि चोटका कारण २६,०६ जनाको मृत्यु भयो , पेन्टगनमा १२५ जनाको मृत्यु भयोसबैभन्दा कम उमेरमा ज्यान गुमाउने दुई वर्षका क्रिस्टिन ली हेन्सन थिए। आफ्ना बुवा पिटर र आमा सुसँगै एउटा विमानमा उनको ज्यान गयो।

सबैभन्दा ज्येष्ठ ८२ वर्षका रोबर्ट नोर्टन थिए। उनी पत्नी ज्याक्लिनसँगै एउटा विवाह समारोहमा भाग लिन गइरहेका थिए। पहिलो विमानले ठक्कर दिँदा अनुमानित १७,४०० जना उक्त टावरभित्र रहेको ठानिएको छ। नोर्थ टावरमा प्रभावित क्षेत्रभन्दा माथि रहेका कोही पनि बाँचेनन् भने साउथ टावरमा प्रभावित क्षेत्रभन्दा माथि रहेका १८ जना भागेर ज्यान जोगाउन सफल भएका थिए। ज्यान गुमाउनेमा विभिन्न ७७ वटा देशका नागरिक थिए।


प्रतिक्रिया दिनुहोस्