काठमाडौं–१९ का वडाध्यक्षको निधनमा महानगरमा भोलि बिदा

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ९ : २२


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर-१९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन भएको छ।

क्यान्सरबाट पीडित ६५ वर्षीया श्रेष्ठको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो

बुधवार साझ स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उनलाई नर्भिक अस्पताल लगिएको थियो। उनले क्यान्सरको उपचार यहीँ गराउँदै आएका थिए।

२०१३ साल पुस १४ गते जन्मिएका श्रेष्ठलाई गएको डेढ महिनाअघि खाना नलीमा क्यान्सर देखिएको थियो। यसको उपचारका क्रममा उनलाई दोस्रो चरणको किमो दिइसकिएको थियो।

महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार वडाध्यक्ष श्रेष्ठको निधनमा महानगरले भोलि १ दिन शोक विदा दिने भएको छ।

उनको शव भोलि विहान ८ बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा लगिनेछ।

विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म वडामा राखेपछि अन्तिम संस्कारका लागि पशुपतिमा लगिने, वडा सदस्य चन्द्रमान डंगोलले जानकारी दिए। श्रेष्ठका श्रीमती ३ छोरी र १ छोरा छन्।


प्रतिक्रिया दिनुहोस्