२ हजार कोरोना संक्रमित थपिए, १६ जनाको मृत्यु

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ५ : २८


काठमाडौं । कोरोना भाइरसको संक्रमण आज एकै दिन दुई हजार चार जनामा संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विगत २४ घण्टामा १४ हजार ६५० जनामा परीक्षण गर्दा दुई हजार चार जनामा संक्रमण देखिएको हो। सक्रिय संक्रमित ३३ हजार ९४६ जना रहेका छन्।

संक्रमणबाट निको भई आज एक हजार ८४६ जना घर फर्किएका छन्। अहिलेसम्म सात लाख २१ हजार १८२ जना निको भइ घर फर्किएका हुन्। नेपालमा निको हुने दर ९४.२ प्रतिशत रहेको छ।

यस्तै संक्रमणबाट विगत २४ घण्टामा १६ जनाको ज्यान गएको छ।

अहिलेसम्म १० हजार ७८६ जनाको संक्रमणबाट ज्यान गएको छ। नेपालमा प्रतिदश लाखमा ३६३ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ।

यस्तै, ५४४ जना सघन उपचार कक्ष (आइसियु), १६६ जना भेन्टिलेटर, ३१ हजार ६१९ जना होम आइसोलेसन, दुई हजार ३२७ जना संस्थागत आइसोलेसन र ३०२ जना क्वारेन्टिनमा रहेका छन्। नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ।


प्रतिक्रिया दिनुहोस्