आन्सु फातीले बार्सिलोनामा १० नम्बर जर्सी लगाउने

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  २ : ३५


बार्सिलोनामा रिक्त रहेको जर्सी नम्बर १० अन्ततः बार्साकै युवा खेलाडी आन्सु फातीले लगाउने भएका छन्। १८ वर्षका फातीले जर्सी नम्बर १० लगाउने फुटबल क्बल बार्सिलोनाले पुष्टि गरेको छ।

यसअघि लियोनल मेस्सी पीएसजी गएपछि सो जर्सी नम्बर रिक्त थियो। सो जर्सी नम्बर लगाउन सर्जियो अग्वेरोले पनि मानेका थिएनन्। हालै चोटबाट मुक्त भएका फाती पुनः खेलमा फर्किने तयारीमा छन्।

अब उनले मेस्सीको विरासत थाम्न सक्छन् कि सक्दैन भन्ने हेर्न बाँकी छ। सन् २०२० को नोभेम्बरमा बायाँ घुँडामा चोट लागेपछि फाती खेल बाहिर थिए।


प्रतिक्रिया दिनुहोस्