तालिबानले आज सरकार गठन गर्नसक्ने, राष्ट्रपति भवनमा कार्यक्रमको आयोजना

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  १ : ४४


अफगानिस्तानमा तालिबालने आज बिहीबार नयाँ सरकार गठन गर्नसक्छ। तालिबानका वरिष्ठ नेता अहमदुल्लाह मुत्तकीले सामाजिक संजालमा काबुलस्थित राष्ट्रपति भवनमा एक समारोहको आयोजना गरेको जानकारी दिएका छन्।

रोयटर्सका अनुसार तालिबानले सर्वोच्च नेता हिब्तुल्लाह अखुन्जादाको नेतृत्वमा एउटा शासकीय परिषद् गठन गर्नेछ। यो परिषदको प्रमुखलाई राष्ट्रपति बनाइनेछ।

हिब्तुल्लाहपछि तालिबानका तीन उप–प्रमुख छन्। जसमा तालिबानका संस्थापक मुल्ला उमरका छोरा मौलवी याकुब, शक्तिशाली हक्कानी नेटवर्कका प्रमुख सिराजुद्दिन हक्कानी र तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर छन्।

हालसम्मको चर्चा अनुसार मुल्लाह अब्दु गनी बरादर राष्ट्रपति बन्नेछन्। तर राष्ट्रपति तथा प्रधानमन्त्रीले सर्वोच्च नेता हिब्तुल्लाह अखुन्जादाको आदेश पालना गर्नेछन्। बीबीसी


प्रतिक्रिया दिनुहोस्