गोपालमान श्रेष्ठद्वारा काँग्रेस सभापतिमा लड्ने घोषणा, देउवालाई सकस

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  १ : ०७


नेपाली काँग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले १४ औं महाधिवेशनमा पार्टी सभापति पदमा लड्ने घोषणा गरेका छन्। आफू निकट श्रेष्ठले सभापतिमा उम्मेदवारी दिएपछि देउवालाई अप्ठेरो पर्ने देखिएको छ।

देउवा कांग्रेस प्रजातान्त्रिक सभापति हुँदा श्रेष्ठले कार्यबहाक सभापति भएर काम गरेका थिए। लामो समयदेखि सहयोग गरिरहेका श्रेष्ठलाई नै सभापति देउवाले संगठन विभाग प्रमुख मनोनित गरेका थिए।

यसअघि उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा लड्ने बताइसकेका छन्। यसरी देउवालाई फेरि सभापति जित्नका लागि अप्ठेरो पर्ने देखिँदै गएको हो।


प्रतिक्रिया दिनुहोस्