गाईलाई राष्ट्रिय जनावर घोषणा गरौं, गाई काट्नेलाई कारवाहीः भारतको अदालतको आदेश

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  १२ : २५


भारतमा गाईलाई राष्ट्रिय जनावर घोषणा गरी त्यसलाई संरक्षण गर्नुपर्ने इलाहावादको उच्च अदालतले आदेश दिएको छ। गाईको संरक्षणलाई मौलिक अधिकार भित्र राख्न पनि सो अदालतले आदेश दिएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। जसअनुसार गाई काट्नेलाई कारवाही हुनेछ।

न्यायाधीश शेखर यादावको एकल इजलासले यस्तो निर्णय गरेको हो। उनका अनुसार गाई भारतीय संस्कृति, वेद तथा महाभारतजस्ता ग्रन्थसँग जोडिएको विषय हो। गाई काट्नु सँस्कृतिमाथिको प्रहार भएको उनको भनाइ छ।

गौहत्याको आरोप लागेका जावेद नामका ब्यक्तिको मुद्दाको सुनुवाईका क्रममा इलाहावाद उच्च अदालतले यस्तो आदेश दिएको हो। यसअघि पनि जावदले बारम्बार गाइ चोरी गरेर काट्ने गरेको पाइएको छ।


प्रतिक्रिया दिनुहोस्