अमेरिकाको टेक्सासमा ६ सातापछिको गर्भपतनलाई प्रतिबन्ध लगाइयो

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  १२ : ०२


अमेरिकाको टेक्सास राज्यमा गर्भपतनसम्बन्धी एउटा कडा कानुन लागू भएको छ। टेक्सस राज्यको संसदबाट पारित उक्त कानुनअनुसार छ सातापछिको गर्भपतनलाई प्रतिबन्ध लगाइएको हो। आमाको पेटभित्र रहेको भ्रुणमा मुटुको चाल सुरू भएपछि गर्भपतन गर्न नपाइने कानुनको मुख्य प्रावधान हो। डाक्टरहरुका अनुसार ६ सातापछि भ्रुणको मुटुको चाल सुरूहुन्छ।

द न्युयोर्क टाइम्सका अनुसार उक्त कानुन रोक्न परेको मुद्दामा अमेरिकी सर्वोच्च अदालतले कुनै निर्णय नगरेपछि बुधबारदेखि कानुन लागू भएको हो।

यसअघि टेक्ससको कानुनमा भएको छ साताको म्यादमा धेरै महिलाहरूले आफू गर्भवती भएको नै थाहा नपाउने भन्दै उक्त कानुन कार्यान्वयन नगर्न आदेश माग्दै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए। एजेन्सी


प्रतिक्रिया दिनुहोस्