दाइलाई उछिन्दै अन्तर्राष्ट्रिय फुटबलको सर्वाधिक गोलकर्ता बने रोनाल्डो

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ११ : २५


पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। बुधबार विश्वकप छनोटअन्तर्गत रिपब्लिक अफ आयरल्यान्डविरुद्ध खेलमा २ गोल गर्दै रोनाल्डोले सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका हुन् ।

यसअघि रोनाल्डोले युरोपेली च्याम्पियनसिपका दौरान इरानका अली दाइको नाममा रहेको १ सय ९ गोलको कीर्तिमानसँग बराबरी गरेका थिए।

बुधबारको खेलमा आयरल्यान्डविरुद्ध दुई गोल गर्दै आफ्नो गोल संख्या १ सय ११ पुर्याएका हुन्। रोनाल्डोले राष्ट्रिय टोलीका लागि १ सय ८० औं खेलमा यो कीर्तिमान हासिल गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्